शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, भदौ ९ २०८१
प्रतितोला एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले वृद्धि हुँदा चाँदी प्रतितोला ३५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। गएको शुक्रबारको तुलनामा यो साता आइतबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेको हो।

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार चारसय रूपैयाँ तोकिएको छ।

चाँदीको मूल्य आइतबार प्रतितोला ३५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : आइतबार, भदौ ९ २०८११०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend