बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लाभांश घोषणा गर्ने पहिलो कम्पनी बन्यो अपी पावर, बोनस सेयर कति?

शुक्रबार, भदौ ७ २०८१
लाभांश घोषणा गर्ने पहिलो कम्पनी बन्यो अपी पावर, बोनस सेयर कति?

काठमाडौं- अपी पावर कम्पनीले लाभांश घोषणा गरेको छ। गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो कम्पनी अपी पावर बनेको हो।

अपी पावरले ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको छ। भदौ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

विद्युत नियमन आयोगले प्रस्तावित लाभांश स्वीकृत गरेपछि लाभांश वितरण प्रकृया अगाडि बढ्ने बताइएको छ। 

आयोगको स्वीकृतिपछि कम्पनीको २१औँ साधारणसभाबाट अनुमोदन गराइ लाभांश वितरण हुने कम्पनीले जनाएको छ।


प्रकाशित : शुक्रबार, भदौ ७ २०८१२१:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend