शनिबार, माघ २६ गते २०८१    
शनिबार, माघ २६ २०८१
images
images

प्रतिसेयर आम्दानी उच्च रहेका पाँच ननलाइफ इन्स्योरेन्स कम्पनी, कुनको कति?

images
शनिबार, भदौ ८ २०८१
images
images
प्रतिसेयर आम्दानी उच्च रहेका पाँच ननलाइफ इन्स्योरेन्स कम्पनी, कुनको कति?
images
images

काठमाडौं- पछिल्लो समय सेयर बजार बढ्दो क्रममा छ। सोही कारण अधिकांश कम्पनीको सेयर मूल्य पनि बढिरहेको छ। विगतमा १ सय ३० रुपैयाँ प्रतिकित्ता सेयर मूल्य भएका कम्पनीहरूको दोबर मूल्य बढिसकेको छ। 

images
images
images

सोही करण अबलगानीकर्ता राम्रो प्रतिफल दिने कम्पनीतर्फ केन्द्रित हुँदैछन्। पछिल्लो समय सबै उपसमूहको सेयर मूल्य आलोपालो बढिरहेको छ। बैंक, हाइड्रो, फाइनान्स, विकास बैंक, उत्पादनमूलक उद्योग, होटल तथा पर्यटनसँगै लाइफ इन्स्योरेन्स र ननलाइफ इन्स्योरेन्स कम्पनीहरूको सेयर मूल्य बढ्दो क्रममा नै छ।

images
images

ननलाइफ इन्स्योरेन्स कम्पनीहरूमा राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र हिमालयन एभरेष्ट इस्योरेन्स प्रतिसेयर आम्दानी हुने उत्कृष्ट पाँचभित्र पर्छन्। 

images
images
images

राष्ट्रिय बीमा कम्पनी

राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य गत बिहीबार १९ हजार २ सय ५५ रुपैयाँमा कारोबार भयो। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ननलाइफ इन्स्योरेन्समध्ये सबैभन्दा बढी लाभांश दिने क्षमता भएको कम्पनीभित्र पर्दछ।

कम्पनीको पछिल्लो समय अडिट नहुँदा सेयरधनीले लाभांश भने पाउन सकेका छैनन्। तर पनि कम्पनीको प्रतिसेयर आम्दानी सबै कम्पनीको भन्दा उच्च छ।

कम्पनीको प्रतिसेयर आम्दानी २३५ रुपैयाँ २७ पैसा रहेको छ। पीइ रेसियो ८१.८४ गुणा रहेको छ। बुक भ्यालु ६ हजार ६ सय ४१ रुपैयाँ ७३ पैसा रहेको कम्पनीको बजार पुँजीकरण ५१ अर्ब ३४ करोड ३५ लाख रुपैयाँ पुगेको छ। 

नेपाल इन्स्योरेन्स कम्पनी

प्रतिसेयर आम्दानी उच्च रहेको ननलाइफ कम्पनीमध्ये दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको बिहीबार दोस्रो बजारमा १ हजार ८४ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो।

कम्पनीको प्रतिसेयर आम्दानी ४२.६१ पैसा रहेको छ। कम्पनीको पीइ रेसियो २५.४४ गुणा हुँदा बुक भ्यालु २१५ रुपैयाँ ८१ पैसा रहेको छ। कम्पनीको बिहीबारसम्म बजार पुँजीकरण १७ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ पुगेको छ। 

नेको इन्स्योरेन्स

ननलाइफ इस्योरेन्स कम्पनीमध्ये प्रतिसेयर आम्दानीका हिसाबले उत्कृष्ट तीनमा नेको इस्योरेन्स कम्पनी रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७ पैसा रहेको छ। कम्पनीको पीइ रेसियो २९.६४ गुणा हुँदा बुक भ्यालु २७२.८१ रुपैयाँ रहेको छ।

कम्पनीको बिहीबार दोस्रो बजारमा सेयर मूल्य प्रतिकित्ता १०१० रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको बजारपुँजीकरण २० अर्ब ३२ करोड ४८ लाख रुपैयाँ रहेको छ। 

प्रभु इन्स्योरेन्स 

प्रभु इन्स्योरेन्स कम्पनी प्रतिसेयर आम्दानी बढी गर्नेमा चौथो नम्बरमा रहेको छ। कम्पनीको गतवर्षको प्रतिवेदनअनुसार प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५ पैसा रहेको छ।

कम्पनीको पीइ रेसियो ३०.२२ गुणा रहेको छ भने बुक भ्यालु २२२.१९ रुपैयाँ रहेको छ। कम्पनीको बिहीबार दोस्रो बजारमा प्रतिकित्ता १०२९ रुपैयाँमा कारोबार भएको थियो भने बजार पुँजीकरण १४ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुगेको छ। 

हिमालयन एभरेष्ट इस्योरेन्स

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिसेयर आम्दानी २६.७२ रुपैयाँ रहेको छ। यो ननलाइफ इन्स्योरेन्स कम्पनीहरुमा पाँचौँ नम्बरमा पर्दछ।

कम्पनीको बिहीबार दोस्रो बजारमा प्रतिकित्ता ७६३ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो। कम्पनीको पीइ रेसियो २८.५९ गुणा रहेको छ भने बुक भ्यालु १९१.८४ रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण १९ अर्ब ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ। 


प्रकाशित : शनिबार, भदौ ८ २०८११०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend