आइतबार, भदौ २३ गते २०८१    
images
images

टानको अध्यक्षमा उम्मेद्‍वारी दिने निलहरि बाँस्तोलाको घोषणा

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस २४ २०७८
images
images
टानको अध्यक्षमा उम्मेद्‍वारी दिने निलहरि बाँस्तोलाको घोषणा

बाँस्तोलाले नेपालको पर्यटन क्षेत्रमा गौरवमय ईतिहास बोकेको टानलाई अझै शशक्त व्यवसायीक संस्थाको रुपमा अगाडि बढाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए। 

images
images

काठमाडौं- पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को अध्यक्षमा युवा पर्यटन व्यवसायी निलहरी बाँस्तोलाले उम्मेद्वारी दिने घोषणा गरेका छन्। 

images
images
images

टानको पूर्व उपाध्यक्षसमेत रहेका बाँस्तोलाले  माघ २८ गते हुन लागेको ४३ औँ साधारण सभा एवम् निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

बाँस्तोलाले नेपालको पर्यटन क्षेत्रमा गौरवमय ईतिहास बोकेको टानलाई अझै शशक्त व्यवसायीक संस्थाको रुपमा अगाडि बढाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए। 

'नेपालको पर्यटन उद्योगको मुख्य आधार नै पर्वतीय पर्यटन हो, कोभिडले थलिएको समग्र पर्यटन व्यवसायलाई नै पुर्नउत्थान गर्न टानको प्रमुख भूमिका हुने भएकाले मैले टानको नेतृत्व गर्न चाहेको हो' उनले भने। 
 
विस २०३५ पुस २९ गते सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा जन्मिएका बाँस्तोला पर्यटकीय गतिविधिमा परिचित भएका छन्। 

images

विस २०५८ सालदेखि एसियन हेरिटेज कम्पनीमार्फत सक्रिय भएका बाँस्तोलाको हाल एसियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन्। 

 


प्रकाशित : शनिबार, पुस २४ २०७८०७:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend