शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

गुणस्तर व्यवस्थापन प्रणालीमा अब्बल ठहरियो महालक्ष्मी विकास बैंक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ७ २०८१
images
images
गुणस्तर व्यवस्थापन प्रणालीमा अब्बल ठहरियो महालक्ष्मी विकास बैंक
images
images

काठमाडौं- महालक्ष्मी विकास बैंक अब अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त आईएसओ ९००१:२०१५  प्रमाणित कम्पनी बनेको छ।

images
images
images

गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम) मा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएबमोजिम गएको साउन ३२ (सन् २०२४ अगष्ट १६) देखि लागु हुने गरी बैंक यसमा प्रमाणित हुन सकेको हो। 

बैंकले प्रोभिजन अफ डिभलोपमेन्ट बैंकिङ एक्टिभिटिजअन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ। 

images

अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन्।

images

यस प्रमाणपत्र प्राप्तिको लागि यस बैंकको निति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट रोलय इम्प्याक्ट सर्टिफिकेसन लिमिटेड यूएसए द्धारा गरिएको थियो। 

'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन्। 

साथै मिति २०८० पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्तावसमेत पारित भएको छ। 


प्रकाशित : शुक्रबार, भदौ ७ २०८११६:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend