शुक्रबार, असोज ११ गते २०८१    
images
images

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण

images
बिहीबार , भदौ ६ २०८१
images
images
सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण

सुविधासम्पन्न आधुनिक यस भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका साथै धनगढी शाखासमेत सञ्चालनमा आएको छ।

images
images

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ।

images
images
images

सुविधासम्पन्न आधुनिक नयाँ भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका साथै धनगढी शाखासमेत सञ्चालनमा आएको छ।

हाल कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ०४ मा सञ्चालनमा रहेको यस बैंकको धनगढी शाखा कार्यालय स्थानान्तरण भइ आन्दाजी ८०० मिटर दुरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ।

आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसर पारी बैंकमा आज अयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुदूरपश्चिमस्थित धनगढी उपमहानगरपालिकामा आफ्नै भवनबाट शाखा कार्यालय एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकको लागि एक कोसेढुंगा भएको बताए।

images

सुदूरपश्चिम प्रदेश बैंकको लागि एक महत्वपूर्ण व्यवसायिक केन्द्र रहेको र आगामी दिनमा अझ उत्कृष्ट बैंकिङ सेवासुविधाहरु लिएर आउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो।

यसअघि नै बैंकले कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको वीरगञ्ज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल एवं नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेत स्थीत आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालयहरु सञ्चालनमा ल्याइसकेको जनाएको छ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरु कैलाली, डडेलधुरा, बझाङ, अछाम, दार्चुला, कञ्चनपुर र बैतडीमा गरी यस बैंकले १० वटा शाखा कार्यालयमार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ।

सुविधासम्पन्न यी शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको जनाएको छ।

सिटिजन्स बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइमार्फत करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : बिहीबार , भदौ ६ २०८११५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend