बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

टाटा ब्रान्डका गाडी किन्नेलाई ९.९९ प्रतिशत ब्याजदरमै महालक्ष्मी विकास बैंकको कर्जा

बिहीबार , भदौ ६ २०८१
टाटा ब्रान्डका गाडी किन्नेलाई ९.९९ प्रतिशत ब्याजदरमै महालक्ष्मी विकास बैंकको कर्जा

महालक्ष्मी बैंकले देशभर रहेका आफ्ना १ सय ३ शाखा कार्यालयमार्फत करिब ७ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकमार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी भएको छ। समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनीबीच हस्ताक्षर भएको छ।

सम्झौताअनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन्।

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सोबराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सोबराबरको कर्जा बैंकले प्रदान गर्नेछ। 

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पूर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरेर  समेत आवेदन दिन सक्नेछन्। 

महालक्ष्मी बैंकले देशभर रहेका आफ्ना १ सय ३ शाखा कार्यालयमार्फत करिब ७ लाख ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : बिहीबार , भदौ ६ २०८११५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend