बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयर बजारमा यो साताको कारोबार देखिएन सुखद, आउने साता तोडिएला रेकर्ड?

बिहीबार , भदौ ६ २०८१
सेयर बजारमा यो साताको कारोबार देखिएन सुखद, आउने साता तोडिएला रेकर्ड?

काठमाडौं- गएको साताको अन्तिम कारोबारमा बिहीबार ४३.०५ अंकले बढेर ३०००.८१ को बिन्दुमा पुगेको सेयर बजारमा २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। त्यसअनुरुप यो साताका तीन कारोबार भने सुखद हुन सकेन। 

गएको साता समग्रमा २३४.४३ अंकले बढेको बजार यो साता भने समग्रमा २६.३५ अंकले घटेको छ। यो साता अन्तिम कारोबारमा बिहीबार ६.०१ ले बढेर २९७४.४६ बिन्दुमा पुगेको छ।  

बिहीबार १३२ कम्पनीको सेयर मूल्य बढेको बजारमा १९ अर्ब १६ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ। १०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

उच्च बिन्दुतर्फ बढिरहेको सेयर बजारमा यो साता आइतबारको कारोबार उतारचढावबीच ३४.४७ अंकको 'करेक्सन' देखिँदै बन्द भएको थियो। सोमबार र मंगलबार बन्द रहेको बजार बुधबार स्थिर देखियो। बुधबार २.११ अंकले बढेर बजार २९६८.४४ बिन्दुमा पुगेको थियो। 

बजार यो साता धरमर भए पनि लगातार उच्च देखिएको कारोबार रकमलाई हेर्दा पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढिरहेको विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले निरन्तर नै उचाइ लिएकाले अब नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 

१८ सयदेखि २ हजारको बिन्दुमा लामो समय घुमेर बस्दै अहिले निरन्तर बजार उचाइतर्फ लागेको हो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्।

सेयर बजारले अहिले बुलिसतर्फको यात्रा गरिरहेको हुँदा कीर्तिमान उचाइ छिटै कीर्तमानी उचाइ भेट्ने विश्लेषकहरू बताउँछन्। खासगरी नयाँ गठबन्धन सरकारले दिलाएको विश्वास र चालु आर्थिक वर्षको मौद्रिक नीतिले दिएको साथले संगठित लगानीकर्ता मात्र होइन नवप्रवेशी साना लगानीकर्ताहरू पनि उत्साहित देखिन्छन्।


प्रकाशित : बिहीबार , भदौ ६ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend