शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हुन्डाईको फेस्टिभ डिलाइट २०८१ सार्वजनिक

बिहीबार , भदौ ६ २०८१
हुन्डाईको फेस्टिभ डिलाइट २०८१ सार्वजनिक

सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ। यो योजना मंसिर २२ सम्म लागु हुनेछ।

काठमाडौं- हुन्डाई गाडीको लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँतिहार लक्षित फेस्टिभ डिलाइट २०८१ योजना सार्वजनिक गरेको छ।

आफ्ना ग्राहकहरुको दसैँतिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएकोमा यस वर्ष पनि कम्पनीले १ जनाले हुन्डाई मेड इन नेपाल भेन्यु लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन्।

हुन्डाईको चाडपर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिँदै आएको कम्पनीको दाबी छ। हुन्डार्ड फेस्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा १० लाख रूपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप १ लाख रूपैयाँसम्मको नगद छुटका साथै १ वर्षको लागि नि:शुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

आफ्ना ग्राहकहरुको सन्तुष्टिको लागि हुन्डाईले समय सापेक्षिक ग्राहकलक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ।

आउँदै गरेको ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकहरु पनि यस योजनाबाट लाभान्वित हुन सक्नेछन्। नाडा अटो शो २०२४ मा हुन्डाईको ए*२ स्टल भ्रमण गरेर सम्पूर्णले हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन्।

सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ। यो योजना मंसिर २२ सम्म लागु हुनेछ। 

यसै अवसरमा हालै चलिरहेको 'हुन्डाई टेस्ट ड्राइभ एन्ड विन' क्याम्पेनअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि शोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरु हात खाली नहुने गरी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १६ शोरुमहरु, १९ सर्भिस सेन्टरहरु तथा ४३ भन्दा बढी चार्जिङ पोइन्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। 


प्रकाशित : बिहीबार , भदौ ६ २०८१११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend