शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य प्रतितोला एक हजार एकसय रूपैयाँले घट्यो

बिहीबार , भदौ ६ २०८१
सुनको मूल्य प्रतितोला एक हजार एकसय रूपैयाँले घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला एक हजार एकसय रूपैयाँले घट्दा चाँदी प्रतितोला पाँच रूपैयाँले सस्तिएको छ।

काठमाडौं- बुधबार उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक हजार एकसय रूपैयाँले घटेको छ।

बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ९ सय रूपैयाँ निर्धारण गरिएको छ।

बुधबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार भएको थियो। यो साता आइतबार पनि उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार र मंगलबार भने घटेको थियो।

बुधबारको तुलनामा चाँदीको मूल्य पनि बिहीबार प्रतितोला पाँच रूपैयाँले घटेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , भदौ ६ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend