बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको इजी लोन सुविधाका लागि सम्झौता

बुधबार, भदौ ५ २०८१
कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको इजी लोन सुविधाका लागि सम्झौता

इसेवामार्फत लिइने इजी लोन सुविधामा लागु हुने थप सर्तहरुबारे इसेवाको वेबसाइट तथा एपमार्फत जानकारी लिन सकिनेछ।

काठमाडौं- कुमारी बैंक लिमिटेड र इसेवाबीच इसेवाका ग्राहकहरुलाई इसेवा मोबाइल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिका लागि बिनाकुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षणभरमै २ लाख रूपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ।

पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो इजी लोन सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराइने इसेवाले जनाएको छ।

इसेवामार्फत लिइने इजी लोन सुविधामा लागु हुने थप सर्तहरुबारे इसेवाको वेबसाइट तथा एपमार्फत जानकारी लिन सकिनेछ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाइहरुमार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ।


प्रकाशित : बुधबार, भदौ ५ २०८११८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend