शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एक्सप्रेस टी विद्युतीय ट्याक्सीको नयाँ सर्भिस सेन्टर गोंगबुमा शुभारम्भ क्याम्प आयोजना

बुधबार, भदौ ५ २०८१
एक्सप्रेस टी विद्युतीय ट्याक्सीको नयाँ सर्भिस सेन्टर गोंगबुमा शुभारम्भ क्याम्प आयोजना

कम्पनीको सेवा सञ्जाल विस्तार योजनाअनुरुप ग्राहकको सुविधालाई ध्यानमा राखी नयाँ सर्भिस सेन्टर थप गरिएको कम्पनीले जनाएको छ।

काठमाडौं- एक्सप्रेस टी विद्युतीय ट्याक्सीको गोंगबुस्थित नयाँ सर्भिस सेन्टर आजदेखि सञ्चालनमा आएको छ।

सर्भिस सेन्टरको उद्घाटन कार्यक्रम प्यासेन्जर भेहिकल बिजनेस युनिटका महाप्रबन्धक सावन्तजंग सिजापती, प्यासेन्जर भेहिकल कस्टमरका केयरका सहायक महाप्रबन्धक कुमार भण्डारी तथा एक्सप्रेस टीका प्रतिनिधिहरु रन्धिर चौधरी र प्रसन्न रगंनाथनको उपस्थितिमा सम्पन्न भएको हो।

कम्पनीको सेवा सञ्जाल विस्तार योजनाअनुरुप ग्राहकको सुविधालाई ध्यानमा राखी नयाँ सर्भिस सेन्टर थप गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एक्सप्रेस टी विद्युतीय ट्याक्सीको सर्भिसिङ तथा चार्जिङ सुविधासहितको यस सर्भिस सेन्टरमार्फत ग्राहक सेवालाई परिस्कृत पारिएको छ।

यस सर्भिस सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आजदेखि भदौ ७ गतेसम्म शुभारम्भ क्याम्प आयोजना गर्न लागेको छ।

उक्त क्याम्पअन्तर्गत सर्भिसिङ गर्दा लेवर चार्ज, गाडीको टप वास, सस्पेन्सन चेकअप, मल्टी प्वाइन्ट चेकअप, ब्रेक चेकअप, ब्याट्री र इलेक्ट्रकल चेकअप, कम्प्युटर डाइग्नोसिस र आँखाको चेकअप लगायतका सुविधाहरु निःशुल्क रुपमा प्राप्त गर्न सकिनेछ। यसका साथै स्पेयर पार्टस र ल्युब्रिकेन्टसमा १८५ छुट प्राप्त गर्न सकिनेछ। 

कम्पनीका अनुसार ‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा सञ्चालकहरुले मन पराएका छन्। नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाइमा परेको हो। 


प्रकाशित : बुधबार, भदौ ५ २०८११७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend