आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

वाइवाइको ट्रेडमार्क चोरी गरेर करेन्ट चाउचाउ बेच्ने यशोदा फुड्सको प्रयास फेरि विफल

images
बुधबार, भदौ ५ २०८१
images
वाइवाइको ट्रेडमार्क चोरी गरेर करेन्ट चाउचाउ बेच्ने यशोदा फुड्सको प्रयास फेरि विफल
images
images

काठमाडौं- वाइवाइको ट्रेडमार्क चोरी गरेर करेन्ट चाउचाउ बेच्ने यशोदा फुड्सको प्रयास फेरि पनि विफल भएको छ। यशोदा फुड्स प्रालिद्वारा उत्पादित करेन्ट चाउचाउले सीजी फुड्सको वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेर वाइवाइजस्तै देखिने गरी आफ्नो उत्पादनको बजारीकरण गर्न गरिरहेको प्रयास सर्वोच्च अदालतबाट समेत विफल भएको हो। 

images
images
images

उच्च अदालत पाटनमा अन्तरकालीन आदेश भएर मुद्दा प्रक्रियामा रहिरहँदा यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनुपर्ने दाबिका साथ सर्वोच्च अदालत गएको थियो। 

images
images

यसअघि यशोदा फुड्सले वाइवाइबाट नक्कल गरिएको ट्रेडमार्क भएको चाउचाउको ब्रान्डिङ गर्न उद्योग विभागले समेत साथ दिएपछि सीजी फुड्स प्रालि उच्च अदालत गएको थियो।

images
images

वाइवाइजस्तै देखिने र्‍यापर प्रयोग गरेर करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि सीजी फुड्सले हालेको मुद्दापछि यशोदा फुड्सले आफ्नो उत्पादन बजार पठाउन पाएको छैन। जसले यशोदा फुड्स सर्वोच्च गएर आफूअनुकूल फैसला ल्याउने प्रयासमा थियो। तर सर्वोच्चबाट यशोदा फुड्सको उक्त प्रयास विफल भएको छ।  

सर्वोच्चमा गएको साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उच्च अदालतको अन्तरकालीन आदेश बदर गर्न नमिल्ने हुँदा कानूनबमोजिम गर्नू भन्ने आदेश दिएको छ। 

'उद्योग विभागबाट भएको निर्णयउपर कानून बमोजिम पुनरावेदन परेपछि उद्योग विभागको निर्णय कार्यान्वयन नहुने गरी अन्तरकालीन आदेश माग गरी परेको निवेदनमा अन्तरकालीन आदेश भएको देखियो। सुरु कार्यालयको निर्णयउपर पुनरावेदन परी सकेपछि उक्त पुनरावेदनबाट निर्णय नभएसम्म सुरु तहको निर्णय कार्यान्वयन नै नहुने हुँदा प्रस्तुत निवेदनमा उच्च अदालत पाटनबाट २०८० पुस ११ मा भएको अन्तरकालीन आदेश बेरिको नदेखिँदा बदर गर्न मिलेन। कानून बमोजिम गर्नू' सर्वोच्चको आदेशमा भनिएको छ। 

कानूनी मान्यता र विभिन्न नजिरका साथै अन्तर्राष्ट्रिय कानूनी अभ्यासको उल्लंघन गर्दै करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क चोरी गरी उपभोक्तालाई झुक्यानमा पार्ने प्रयास गरिरहेको छ। यशोदा फुड्सले कानूनको प्रत्यक्ष उल्लंघन मात्रै गरेको छैन, उपभोक्ताको अधिकारसमेत हनन गरेको छ। ट्रेडमार्कका सम्बन्धमा स्थापित मान्यताहरूलाई नै चुनौती दिने करेन्टको प्रयासमा उद्योग विभागले समेत साथ दिइरहँदा अदालतले भने रोकिदिएको छ। 

वाइवाइको वर्षौँको ख्याति चोर्ने दाउमा करेन्ट, उद्योग विभागको समेत साथ वाइवाइको वर्षौँको ख्याति चोर्ने दाउमा करेन्ट, उद्योग विभागको समेत साथ


प्रकाशित : बुधबार, भदौ ५ २०८११५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend