बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

उतारचढावबीच हरियोमै बन्द भयो सेयर बजार, १८ अर्ब ९० करोड रुपैयाँको कारोबार

बुधबार, भदौ ५ २०८१
उतारचढावबीच हरियोमै बन्द भयो सेयर बजार, १८ अर्ब ९० करोड रुपैयाँको कारोबार

काठमाडौं- उच्च बिन्दुतर्फ बढिरहेको सेयर बजारमा बुधबारको कारोबार उतारचढावबीच स्थिर देखिएको छ।

गएको साता २३४.४३ अंकले बढेको सेयर बजारमा यो साता पहिलो कारोबार आइतबार उतारचढावबीच ३४.४७ अंकको 'करेक्सन' देखिँदै बन्द भएको थियो। सोमबार र मंगलबार बन्द रहेको बजार बुधबार स्थिर देखिएको हो। 

बुधबार २.११ अंकले बढेर बजार २९६८.४४ बिन्दुमा पुगेको छ। १०० कम्पनीको सेयर मूल्य बढेको बजारमा १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ। १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य परिवर्तन भएको छैन। 

लगातार उच्च देखिएको कारोबार रकमलाई हेर्दा पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढिरहेको विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले निरन्तर नै उचाइ लिएकाले अब नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 

१८ सयदेखि २ हजारको बिन्दुमा लामो समय घुमेर बस्दै अहिले निरन्तर बजार उचाइतर्फ लागेको हो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्।

 सेयर बजारले अहिले बुलिसतर्फको यात्रा गरिरहेको हुँदा कीर्तिमान उचाइ छिटै कीर्तमानी उचाइ भेट्ने विश्लेषकहरू बताउँछन्। खासगरी नयाँ गठबन्धन सरकारले दिलाएको विश्वास र चालु आर्थिक वर्षको मौद्रिक नीतिले दिएको साथले संगठित लगानीकर्ता मात्र होइन नवप्रवेशी साना लगानीकर्ताहरू पनि उत्साहित देखिन्छन्।


प्रकाशित : बुधबार, भदौ ५ २०८११५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend