शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

बुधबार, भदौ ५ २०८१
एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

साथै सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने 'डिजिटल संसार' को शुभारम्भ गरेको छ।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले आजदेखि नयाँ बानेश्वरस्थित आफ्नै भवनबाट सम्पूर्ण कारोबारको थालनी गरेको छ।

बुधबार विशेष कार्यक्रम आयोजना गरी काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरस्थित एभरेष्ट बैंक साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नवनिर्मित अत्याधुनिक सुविधासम्पन्न भवनमा स्थानान्तरण भएको हो।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले उद्घाटन गरी नयाँ बानेश्वर र सो आसपासका बासिन्दाहरुलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे।

साथै सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने 'डिजिटल संसार' को शुभारम्भ गरेको छ।

उक्त डिजिटल संसारमा बैंकिङ क्षेत्रको हालसम्मकै अत्याधुनिक प्रणाली जडित उपकरणमार्फत ग्राहकलाई डिजिटल सेवा दिने व्यवस्था गरेको बैंकले जनाएको छ। साथै उक्त स्थानको सुरुवातसँगै ग्राहकहरुले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासो सम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको छ।

एभरेष्ट बैंकले देशभर रहेका आफ्ना १ सय २८ शाखा, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १ सय ६६ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।


प्रकाशित : बुधबार, भदौ ५ २०८११४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend