शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ५३ हजार कायम

बुधबार, भदौ ५ २०८१
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ५३ हजार कायम

बुधबार प्रतितोला ८ सय रूपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५३ हजार रूपैयाँ पुगेको छ।

काठमाडौं- नेपाली बजारमा दुई दिन लगातार घटेको सुनको मूल्य पुन: उकालो लागेको छ। 

सोमबार प्रतितोला तीनसय र मंगलबार प्रतितोला एकसय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला ८ सय रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ५३ हजार रूपैयाँ पुगेको छ।

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार दुईसय रूपैयाँ कायम थियो। यो साता आइतबार एकैदिन तोलामा तीन हजार रूपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५२ हजार ६ सय रूपैयाँ पुगेको थियो। 

यस्तै सोमबार स्थिर रहेर मंगलबार प्रतितोला १० रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार पनि उकालै लागेको छ। 

बुधबार चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, भदौ ५ २०८१११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend