शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

मंगलबार, भदौ ४ २०८१
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

आइतबार प्रतितोला ५० रूपैयाँले बढेर सोमबार स्थिर रहेको चाँदीको मूल्य भने मंगलबार सामान्य बढेको छ।

काठमाडौं- मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य भने वृद्धि भएको छ। 

यो साता आइतबार एकैदिन तोलामा तीन हजार रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार प्रतितोला तीनसय रूपैयाँले घटेको थियो। मंगलबार पनि सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले घटेको हो।

मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार दुईसय रूपैयाँ तोकिएको छ।

सोमबार सुन प्रतितोला एक लाख ५२ हजार तीनसय रूपैयाँमा कारोबार भएको थियो भने आइतबार प्रतितोला एक लाख ५२ हजार ६ सय रूपैयाँ पुगेर नयाँ कीर्तिमान कायम गरेको थियो। 

आइतबार प्रतितोला ५० रूपैयाँले बढेर सोमबार स्थिर रहेको चाँदीको मूल्य भने मंगलबार सामान्य बढेको छ।

मंगलबार चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय १० रूपैयाँ कायम थियो।


प्रकाशित : मंगलबार, भदौ ४ २०८१११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend