बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

यी पाँच लघुवित्तले लगानीकर्तालाई दिन सक्छन् ४५ देखि १८४ प्रतिशतसम्म लाभांश

मंगलबार, भदौ ४ २०८१
यी पाँच लघुवित्तले लगानीकर्तालाई दिन सक्छन् ४५ देखि १८४ प्रतिशतसम्म लाभांश

काठमाडौं- लगातार उचाइतर्फ लागिरहेको सेयर बजारमा कुनै दिन सामान्य 'करेक्सन' देखिए पनि अब नयाँ बिन्दु भेट्ने बाटोमा नै देखिन्छ।

गएको साता २३४.४३ अंकले बढेको सेयर बजार यो साता आइतबार ३४.४७ अंकको करेक्सन देखिँदै २९६६.३३ बिन्दुमा पुगेको छ। तर कारोबार भने २८ अर्ब ८३ करोड  ६९ लाख रुपैयाँको भयो। पछिल्लो समय काराबोर रकम लगातार उल्लेख्य रुपमा बढिरहेको छ। 

अहिलेको बजार ट्रेण्ड हेर्दा २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई केही दिनभित्रै तोडिने देखिन्छ। पछिल्लो समय हाइड्रो, बैंकिङ, उत्पादान, पर्यटन तथा होटल, फाइनान्स समूहको सेयर मूल्य उल्लेख्य बढेता पनि लघुवित्तहरुको सेयर मूल्य उल्लेख्य रुपमा बढ्न सकेको छैन। 

जब कि सबैभन्दा बढी लाभांश दिने क्षमता लघुवित्त कम्पनीहरुमा हुने गर्दछ। गतवर्षको नाफाबाट यी पाँच कम्पनी जसले १८४.०२ प्रतिशतसम्म लाभांश दिने क्षमता राख्दछन्।

राष्ट्र बैंकले तोकेका केही सर्त पूरा गरेपनि उच्च लाभांश क्षमताका लघुवित्तका सेयर मूल्य भने खासै बढ्न सकेका छैन। नेष्डो समृद्ध लघुवित्त, युनिक नेपाल लघुवित्त, जीवन विकास लघुवित्त, छिमेक लघुवित्त र साना किसान विकास लघुवित्त लाभांशका हिसाबले उत्कृष्ट कम्पनी हुन्। 

नेष्डो समृद्ध लघुवित्त

सबैभन्दा बढी लाभांश क्षमता भएको नेष्डो समृद्ध लघुवित्तको लगानीकर्तालाई १८४.०२ प्रतिशत दिन सक्दछ। कम्पनीको सेयर मूल्य भने आइतबार २३५० रुपैयाँमा कारोबार भएको छ।

कुनै समय घटेर प्रतिकित्ता १४१८ रुपैयाँसम्म कारोबार भएको कम्पनीको प्रतिसेयर आम्दानी २६.६१ रुपैयाँ रहेको छ भने पीइ रेसियो ८८.३१ गुण र बुक भ्यालु ३९९.३१ रुपैयाँ रहेको छ। 

युनिक नेपाल लघुवित्त

लाभांश क्षमता उच्च रहेको लघुवित्त युनिक नेपाल लघुवित्त पनि हो। कम्पनीको गतवर्षको नाफाबाट १२५.६ प्रतिशत लाभांश दिने सक्ने क्षमता रहेको छ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३४२.३० रुपैयाँ पुगेको छ। कम्पनीको सेयर एकवर्षअघि ९२२ रुपैयाँमा कारोबार भएको थियो। अहिले बढेर २५९५ सम्म पुगेर पुन: केही घटेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३२.२८ रुपैयाँ रहेको छ। त्यस्तै पीइ रेसियो ७२.५६ गुणा हुँदा बुक भ्यालु ३३४.३८ रुपैयाँ रहेको छ। 

जीवन विकास लघुवित्त

लाभांश क्षमता उच्च भएपनि सेयर मूल्य १७६० रुपैयाँ कारोबार भइरहेको कम्पनी जीवन विकास लघुवित्त हो। कम्पनीको लाभांश क्षमता ६४.४३ प्रतिशत हुँदा प्रतिसेयर आम्दानी ४३.२१ रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो एकवर्षको बीचमा बढेर १९२० रुपैयाँसम्म पुगेको सेयर मूल्य घटेर १२०५ रुपैयाँसम्म कारोबार भएको थियो। कम्पनीको पीइ रेसियो ४०.७३ गुणा हुँदा बुक भ्यालु २७१.०३ रुपैयाँ रहेको छ। 

छिमेक लघुवित्त

छिमेक लघुवित्त वित्तिय संस्थाले पनि गतवर्षको नाफाबाट ५७.६४ प्रतिशत सम्म लाभांश दिने क्षमता राख्दछ। कम्पनीको दोस्रो बजारमा ११०० रुपैयाँमा कारोबार भइरहेको छ।

विगतमा घटेर ८ सय रुपैयाँसम्म झरेको कम्पनीको सेयर मूल्य अहिले भने बढिरहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३३.६२ रुपैयाँ रहेको छ भने पीइ रेसियो ३२.७२ गुणा रहेको छ। त्यस्तै बुक भ्यालु २४९.१५ रुपैयाँ रहेको छ। 

साना किसान विकास

लघुवित्तहरुको लाभांश क्षमता उच्च रहेको अर्को कम्पनी साना किसान विकास लघुवित्त हो। कम्पनीको ४५.४४ प्रतिशसम्म लाभांश क्षमता रहेको छ। कम्पनीको सेयर मूल्य १०६० रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी २४.९५ रुपैयाँ रहेको छ।

कम्पनीको पीइ रेसियो ४२.४८ गुणा रहेको छ। कम्पनीको बुक भ्यालु २४८.८१ रुपैयाँ रहेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा ७९० रुपैयाँसम्म झरेको सेयर मूल्य बढेर ११०५ रुपैयाँसम्म पुगेको थियो। 


प्रकाशित : मंगलबार, भदौ ४ २०८१०६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend