शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रेकर्ड बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला तीनसयले घट्यो

सोमबार, भदौ ३ २०८१
रेकर्ड बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला तीनसयले घट्यो

यो साता आइतबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- आइतबार प्रतितोला तीन हजार रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य सोमबार ओरालो लागेको छ। सोमबार सुनको मूल्य तोलामा तीनसय रूपैयाँले घटेर प्रतितोला एक लाख ५२ हजार तीनसय रूपैयाँ कायम छ।

यो साता आइतबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य भने आज स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार ८ सय १० रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य आइतबार प्रतितोला ५० रूपैयाँले वृद्धि भएको थियो।

प्रकाशित : सोमबार, भदौ ३ २०८१११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend