बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण

आइतबार, भदौ २ २०८१
कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण

बैंकका कोशी क्षेत्रका प्रमुख मोहनदत्त खनालले सो गमला उक्त संस्थाको अध्यक्ष ज्ञानबहादुर कार्कीलाई हस्तान्तरण गरेका छन्।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय दमक, झापामार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण गरेको छ।

प्रशान्ति टोल विकास संस्थाको साधारण सभाअन्तर्गत संस्थाले एक स्वच्छ वातावरण कायम गर्ने लक्ष्य लिइ 'प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन' भन्ने उद्देश्यमा कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो गमला हस्तान्तरण कार्य सम्पन्न गरेको बैंकले जनाएको छ।

बैंकका कोशी क्षेत्रका प्रमुख मोहनदत्त खनालले सो गमला उक्त संस्थाको अध्यक्ष ज्ञानबहादुर कार्कीलाई हस्तान्तरण गरेका छन्।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गमला हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए।

बैंकले आगामी दिनमा समेत यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ।


प्रकाशित : आइतबार, भदौ २ २०८११८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend