बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

गतवर्ष १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रियो, असारमा मात्रै १ खर्ब १७ अर्ब

आइतबार, भदौ २ २०८१
गतवर्ष १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रियो, असारमा मात्रै १ खर्ब १७ अर्ब

काठमाडौं- गत आर्थिक वर्ष २०८०/८१ मा रेमिट्यान्स १६.५ प्रतिशत बढेको छ। रेमिट्यान्स अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गतवर्ष १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। असार महिनामा मात्रै १ खर्ब १७ अर्ब ८१ करोड रेमिट्यान्स भित्रिएको हो। जेठमा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रिएको थियो।

अघिल्लो वर्ष भने रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो। तथ्यांकअनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १ सय ३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १ सय ९९ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७ सय ४ र २ लाख ७७ हजार २ सय ७२ रहेको थियो।

समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भइ १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो। 


प्रकाशित : आइतबार, भदौ २ २०८११४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend