शनिबार, असोज १२ गते २०८१    
images
images

शोधनान्तर स्थिति ५ खर्ब २ अर्बले बचतमा, चालु खाता २ खर्ब २१ अर्बले बचतमा

images
आइतबार, भदौ २ २०८१
images
images
शोधनान्तर स्थिति ५ खर्ब २ अर्बले बचतमा, चालु खाता २ खर्ब २१ अर्बले बचतमा
images
images

काठमाडौं- गत आर्थिक वर्ष २०८०/८१ मा शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँ बचतमा रहेको थियो। यो बचत झन्डै शतप्रतिशतले बढेको छ।  

images
images
images

अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति गत आवमा ३ अर्ब ७७ करोडले बचतमा रहेको छ। 

गतवर्ष विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ। उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा र आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ। 

आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो।

images

अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। 


प्रकाशित : आइतबार, भदौ २ २०८११४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend