बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

२१ दिनका लागि एक खर्ब तरलता खिच्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २ २०८१
२१ दिनका लागि एक खर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं- बैकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एकैसाथ एक खर्ब तरलता खिच्ने भएको छ। राष्ट्र बैंकले बैकिङ प्रणालीबाट एक खर्ब तरलता २१ दिनका लागि खिच्न लागेको हो।

हाल प्रणालीमा ६ खर्ब १५ अर्बको हाराहारीमा अधिक तरलता भएपनि कर्जा प्रवाह बढ्न सकेको छैन। जसले गर्दा बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएर ३ प्रतिशतको हाराहारीमा ल्याएका छन्।

निक्षेपको ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिनका लागि राष्ट्र बैंकले बैंक वित्तीय सस्थाबाट ३ प्रतिशतमै निक्षेप खरिद गरिरहेको छ। 

राष्ट्र बैंकले जारी गरेको निक्षेप संकलन उपकरणमा बैंक वित्तीय संस्थाले आज आइतबार ३ बजेसम्म आवेदन दिन सक्ने छ्न्। उक्त उपकरण भदौ २३ गते परिपक्व हुने छ।


प्रकाशित : आइतबार, भदौ २ २०८११२:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend