बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

२१ दिनका लागि एक खर्ब तरलता खिच्दै राष्ट्र बैंक

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २ २०८१
images
images
२१ दिनका लागि एक खर्ब तरलता खिच्दै राष्ट्र बैंक
images
images

काठमाडौं- बैकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एकैसाथ एक खर्ब तरलता खिच्ने भएको छ। राष्ट्र बैंकले बैकिङ प्रणालीबाट एक खर्ब तरलता २१ दिनका लागि खिच्न लागेको हो।

images
images

हाल प्रणालीमा ६ खर्ब १५ अर्बको हाराहारीमा अधिक तरलता भएपनि कर्जा प्रवाह बढ्न सकेको छैन। जसले गर्दा बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएर ३ प्रतिशतको हाराहारीमा ल्याएका छन्।

images
images

निक्षेपको ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिनका लागि राष्ट्र बैंकले बैंक वित्तीय सस्थाबाट ३ प्रतिशतमै निक्षेप खरिद गरिरहेको छ। 

images
images

राष्ट्र बैंकले जारी गरेको निक्षेप संकलन उपकरणमा बैंक वित्तीय संस्थाले आज आइतबार ३ बजेसम्म आवेदन दिन सक्ने छ्न्। उक्त उपकरण भदौ २३ गते परिपक्व हुने छ।


प्रकाशित : आइतबार, भदौ २ २०८११२:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend