शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एकैदिन प्रतितोला तीन हजार रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुग्यो सुन

आइतबार, भदौ २ २०८१
एकैदिन प्रतितोला तीन हजार रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुग्यो सुन

सुनको मूल्य प्रतितोला तीन हजार रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ५२ हजार ६ सय रूपैयाँ पुगेको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५२ हजार ६ सय रूपैयाँ पुगेको छ।

गत शुक्रबारको तुलनामा आइतबार एकैदिन प्रतितोला तीन हजार रूपैयाँले बढेर सुन कीर्तिमानी मूल्यमा पुगेको हो। 

गत साता शुक्रबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो भने मंगलबार हालसम्मकै उच्च प्रतितोला एक लाख ५० हजार ८ सय रूपैयाँ कायम थियो।

चाँदीको मूल्य पनि आइतबार प्रतितोला ५० रूपैयाँले वृद्धि भएको छ।

आइतबार चाँदी प्रतितोला एक हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, भदौ २ २०८१११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend