बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

समाज डेन्टल हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई १५ प्रतिशतसम्म छुट

शनिबार, भदौ १ २०८१
समाज डेन्टल हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई १५ प्रतिशतसम्म छुट

प्रभु बैंक र उक्त डेन्टल हस्पिटलबीच दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्नेगरी विशेष छुटसम्बन्धी सम्झौता भएको हो।

काठमाडौं- काठमाडौंको बानेश्वरमा रहेको समाज डेन्टल हस्पिटल प्रालिका सेवासुविधामा प्रभु बैंकका ग्राहक र कर्मचारीले १५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने भएका छन्। 

प्रभु बैंक र उक्त डेन्टल हस्पिटलबीच दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्नेगरी विशेष छुटसम्बन्धी सम्झौता भएको हो। उक्त सम्झौतामा समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाले संयुक्त हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीले त्यहाँको सेवामा १५ प्रतिशत छुट पाउनेछन् भने ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। समाज डेण्टल हस्पिटलका सम्पूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन्।

नेपालभर ३ सय १५ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : शनिबार, भदौ १ २०८११२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend