आइतबार, असोज १३ गते २०८१    
images
images

वाइडबडी सी-चेकमा लापरबाही हुँदा निगमको उडान तालिका ५० प्रतिशतभन्दा बढीले कटौती

उडानमा रहेको वाइडबडीको घण्टा बचाउन दिल्लीमा उडान कटौती, नारिता सातामा दुईवटामात्रै

images
शुक्रबार, साउन ३२ २०८१
images
images
वाइडबडी सी-चेकमा लापरबाही हुँदा निगमको उडान तालिका ५० प्रतिशतभन्दा बढीले कटौती
images
images

काठमाडौं-  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापकीय कमजोरीका कारण वाइडबडी सी-चेकमा लापरबाही भएको छ।

images
images
images

सेटिङमा हतार-हतार प्रक्रिया नै पूरा नगरेको वाइडबडी अन्नपूर्ण कलसाइन 'नाइन एन एलवाई' जहाज ३० दिनमा सी-चेक गरेर दिने सर्तमा इटाली लगिएको थियो।

जहाज जुन २३ मा नै इटाली लगिइको थियो। तर अगस्ट १६ सम्म जहाज कहिले आउँछ निश्चित छैन। एउटा वाइडबडी सी-चेकमा लगेसँगै अर्को वाइडबडी जुलाई २४ मा नै सी-चेकमा लैजानु पर्ने थियो।

सी-चेकका लागि गएको जहाज नआएको भन्दै निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट थप तीन सय घण्टाको समय थप गरेर वाइडबडी उडान गरिरहेको थियो। सी-चेकका लागि गएको जहाज आउने निश्चित नभएपछि उडानका रहेको वाइडबडीको उडानयोग्य समय (घण्टा) बनाउनका लागि वाइडबडीको उडान तालिका नै कटौती गरिएको छ। 

images

निगमले सातामा जापानको नारितामा ३ वटा उडान गरिरहेको थियो। तर उडानका रहेको एउटा वाइडबडीको घण्टा बचाउनका लागि जापानको नारिता उडान ३ बाट २ मा झारिएको छ।

यसैगरी वाइडबडीबाट कतारको दोहामा सातामा ७ वटा उडान गरिरहेको ठाउँमा समेत न्यारोबडीबाट उडान सुरु गरिएको छ। उडान तालिका ७ बाट ४ मा झारिएको छ।

यसैगरी दिल्लीमा सातामा १४ वटा उडान हुने ठाउँमा अहिले ७ वटामात्रै उडान भइरहेको छ। दिल्लीमा दैनिक एउटा न्यारोबडी र एउटा वाइडबडीबाट उडान भइरहेको थियो। तर वाइडबडीको दैनिक उडान कटौती गरेर न्यारोबडी जहाजबाट दैकिन एउटाको दरमा सातामा ७ वटामात्रै उडान गरेको छ।

वाइडबडीको उडान कटौतीसँगै न्यारोबडीबाट उडान भएको गन्तव्यको समेत उडान कटौती भएको छ। दुबईमा सातवटा उडान भइरहेको ठाउँमा ४ वटा मात्रै र मलेसियामा सातामा ७ वटा उडानबाट ४ वटामा झारिएको छ।


प्रकाशित : शुक्रबार, साउन ३२ २०८११५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend