बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

राष्ट्र बैंकमा सहायक निर्देशकदेखि सूचना प्रविधि प्राविधिकसम्म ५२ पदका लागि दरखास्त आह्वान

शुक्रबार, साउन ३२ २०८१
राष्ट्र बैंकमा सहायक निर्देशकदेखि सूचना प्रविधि प्राविधिकसम्म ५२ पदका लागि दरखास्त आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) गरी ५२ पदका लागि दरखास्त आह्वान भएको छ। 

नेपाल राष्ट्र बैंक मानव संसाधन विभागले दरखास्त फारम भर्नेसम्बन्धी सूचना जारी गर्दै ३४ जना अधिकृत तृतीयसरह सहायक निर्देशक, सहायक द्वितीयसरह १३ जना र सहायक द्वितीयसरह नै ५ जना सूचना प्रविधिसम्बन्धी प्राविधिक माग गरेको छ। 

आउँदो भदौ २० गतेसम्म तोकिएको दस्तुरमा र भदौ २७ गतेसम्म दोबर दस्तुर तिरेर विद्युतीय माध्यममार्फत दरखास्त पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

'यस बैंकमा रिक्त रहेका निम्न पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्न आव्हान गरिएको छ' सूचनामा उल्लेख छ।

'विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित निकाय/ संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत), तोकिएका अन्य कागजात प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटोको विद्युतीय प्रति संलग्न गरी तोकिएको दस्तुर तिरी २०८१ भदौ २० सम्म र दोबर दस्तुर तिरी २०८१ भदौ २७ सम्म विद्युतीय माध्यम मार्फत दरखास्त पेश गर्नुपर्नेछ' सूचनामा भनिएको छ। 

nrsu.jpg

 


प्रकाशित : शुक्रबार, साउन ३२ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend