आइतबार, असोज १३ गते २०८१    
images
images

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनका लागि कर छुटदेखि यात्रुसेवा शुल्क मिनाहा

इन्धनमा लाग्ने सबै कर छुटदेखि भिसा पनि नि:शुल्क, नेभिगेसन शुल्कमा ५ वर्षसम्म शतप्रतिशत छुट

images
शुक्रबार, साउन ३२ २०८१
images
images
गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनका लागि कर छुटदेखि यात्रुसेवा शुल्क मिनाहा
images
images

काठमाडौं- सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत गराइसकेको छ।

images
images
images

सरकारले विमानस्थल पूर्णरुपमा सञ्चालन गर्नका लागि वायु सेवा कम्पनीहरूलाई आकर्षित गर्ने विषय कार्ययोजनामा समावेश गरेको छ। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ र पोखरा विमानस्थल २०७९ पुसमा उद्घाटन गरिएको थियो। गौतम बुद्धमा केही समय जजिराले नियमित सेड्युल उडान गरेको थियो भने हिमालयले पनि केही समय  उडान गरेको थियो। साथै नेपाल एयरलाइन्सले पनि मलेसियाबाट भैरहवा उडान गरेको थियो।

तर पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चार्टर उडान बाहेकका अन्य अन्तर्राष्ट्रिय उडान भएको छैन। विमानस्थल सञ्चालन हुन नसकेपछि सरकारको सबैतिरबाट विरोध भइरहेको थियो।

images

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनदेखि नै २ वटै विमानस्थलमा विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा लाग्ने दस्तुरमा कतिपयमा शतप्रतिशत र कतिपय ५० प्रतिशतसम्म छुट दिएको थियो। तर विमानस्थल सञ्चालनमा आउन सकेको थिएन। 

प्राधिकरणले विमानस्थल सञ्चनालनका कै लागि काठमाडौं विमानस्थलमा दैनिक ३ वटा उडान गर्ने एयरलाइन्सले एउटा उडान भैरहवाबाट गर्नु पर्ने नियमसमेत ल्याएको थियो।

प्राधिकरणको नियममा तत्कालिन सरकार तथा विभागीय मन्त्रीकै असहयोग भएको थियो। पछिल्लो पटक प्राधिकरणले थाइ एयर एसियलाई नेपाल उडानको अनुमति दिँदा भैरहवाबाट ४ र काठमाडौंबाट ३ गरी सातामा ७ वटा उडान गर्न दिने गरी अनुमति दिएको छ। 

यस्तो अवस्थामा सरकारले विमानस्थल सञ्चालनका लागि छुटसहितको व्यवस्था समावेश गरेको कार्ययोजना स्वीकृत गरेको हो। मन्त्रिपरिषदबाट स्वीकृत कार्ययोजनामा ल्याण्डिङ, पार्किङ तथा नेभिगेसन शुल्क ५ वर्षससम्म शतप्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

यसैगरी विमानस्थल सञ्चालनका लागि विमानस्थल आसपास रहेका होटल तथा रेष्टुराँहरूसमेत प्रोत्साहन गर्न कर छुट दिन विषयमा योजनामा समावेश छ।

विमाानस्थल हुँदै आउने पर्यटकका लागि भिसा शुल्कमा नि:शुल्क गरिने विषय पनि योजनामा समावेश गरिएको छ। कार्गो र इन्धनमा सहुलियत दिनुको साथै भ्याट र आयकरमा समेत छुट दिने विषय योजनामा उल्लेख छ।

सञ्चालनमा कार्ययोजनामा नै ३ वर्षसम्म ५० प्रतिशतसम्म यात्रु सेवा शुल्कमा छुट दिने छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्दा यात्रु सेवा शुल्क ३ हजार रुपैयाँ छ।  यसैगरी इन्धनमा लाग्ने सबै कर छुट गरेर वायुसेवा कम्पनीलाई इन्धन उपलब्ध गराउने विषय पनि कार्ययोजनामा उल्लेख छ।

नेपालमा सार्क राष्ट्रकै सबैभन्दा बढी मूल्यमा हवाई इन्धन बिक्री भइरहेको छ। जसका कारण हवाई भाडा बढी छ। यसैगरी ग्राउन्डह्यान्डलिङ सेवा शुल्कमा समेत छुट तथम सहुलियत दिने विषय योजनामा समावेश गरिएको छ।

योजनामा नै वायुयान, पार्टपुर्जा, हवाई टिकटमा समेत छुट मिलाउने र एमआरओ सेवा तथा ह्याङगर सेवा सञ्चालन गर्न चाहने निजी क्षेत्रका कम्पनी  र लगानी कर्तालाई ट्याक्स होलिडे  र अन्य विषयमा समेत छुट दिने विषय कार्ययोजनमा समावशे गरिएको छ।

यसैगरी बजेट एयरलाइन्सले २० प्रतिशत र ठूला एयरलाइन्सले सातामा एउटा उडान पोखरा वा गौतम बुद्धबाट गर्नु पर्ने समेत योजनामा राखिएको छ।

अर्बौँ रुपैयाँ खर्च भएको विमास्थल सञ्चालनमा अन्तरमन्त्रालय समन्यको विषयसमते योजनामा समावेश गरिएको छ। केही दिन अगाडिमात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबै विमानस्थलबाट नै कामदार विदेश उड्न सहज हुनेगरी सबै सेवा पोखरा र भैरहवाबाट सञ्चालन गर्ने निर्णय गरिरहेको छ।

सरकारले यी २ विमानस्थल निर्मणमा ८० अर्ब रुपैयाँ खर्च गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ४० अर्ब खर्च भएको थियो भने पोखरामा पनि त्यती नै खर्च भएको हो। यो रकम जग्गा मुआब्जाको समेत हो। 


प्रकाशित : शुक्रबार, साउन ३२ २०८१०६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend