आइतबार, असोज १३ गते २०८१    
images
images

दोस्रो बजारमा मूल्यमा प्रतिस्पर्धा गरिरहेका नेपाल पुनर्बीमा र हिमालन रि इन्स्योरेन्स, कुनकाे अवस्था कस्ताे?

images
शुक्रबार, साउन ३२ २०८१
images
images
दोस्रो बजारमा मूल्यमा प्रतिस्पर्धा गरिरहेका नेपाल पुनर्बीमा र हिमालन रि इन्स्योरेन्स, कुनकाे अवस्था कस्ताे?
images
images

काठमाडौं- सेयर बजार लगातार बढिरहेको छ। जसमा विभिन्न उपसमूहरूमा आलोपालो वृद्धि भइरहेको छ। बिहीबार बैंक र हाइड्रो सेक्टरमा बढ्दा इन्स्योरेन्स र लघुवित्त क्षेत्र भने घटेको छ।

images
images
images

यस्तै क्रममा लगातार बढिरहेका दुई उस्तै प्रकृतिका कम्पनीहरू नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको पनि सेयर मूल्य बिहीबार सामान्य घटेको छ। दुवै कम्पनीको सेयर उस्तै रफ्तारमा वृद्धि भइरहँदा बिहीबार सोहीदरमा घटेको छ। बढ्दा पनि सँगै बढ्ने र घट्दा पनि सँगै घट्ने ट्रेण्ड दुई कम्पनीको देखिएको छ। 

बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ घटेर ९३१ रुपैयाँ कायम भएको छ। त्यस्तै हिमालयन रि इन्स्योरेन्स पनि बिहीबार प्रतिकित्ता ३४ रुपैयाँ घटेर ९८५ रुपैयाँ कायम भएको छ। दुवै कम्पनीको सेयर मूल्य १००० कटेका थिए। 

हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य बढेर १०६० रुपैयाँ पुगेको थियो भने पुनर्बीमा कम्पनीको सेयर मूल्य बढेर १०५२ रुपैयाँसम्म पुगेको थियो। दुई कम्पनीको व्यवसायको शैली पनि एउटै भएकोले पनि सेयर कारोबारमा समेत उस्तै देखिएको छ। बिहीबार हिमालयनको ९ लाख १३ हजार कित्ता सेयर कारोबार हुँदा पुनर्बीमा कम्पनीको १ लाख ८० हजार कित्ता सेयर कारोबार भएको छ।

images

हिमालयन रि इन्स्योरेन्स

हिमालयन रि इन्स्योरेन्सले गतवर्ष खुद नाफा र प्रतिसेयर आम्दानी दुवै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढाएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

hrl.JPG

समीक्षा अवधिमा कम्पनीको खुल आर्जित बीमाशुल्क ८२.७५ प्रतिशत बढेको छ भने कुल आम्दानी ६७.०९ प्रतिशत बढेको छ। त्यस्तै कम्पनीको खुद दाबी भुक्तानी ४७.१९ प्रतिशत र कुल खर्च ५५.१२ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ३४ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा रहेको छ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।

नेपाल पुनर्बीमा कम्पनी  

नेपाल पुनर्बीमा कम्पनीको भने गत वर्ष खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ८.५७ प्रतिशत बढेको छ भने कुल आम्दानी ९.३० प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ०.९१ प्रतिशत र कुल खर्च ८.७४ प्रतिशत बढेको छ।

nric.JPG

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६३ पैसा घटेर ४ रुपैयाँ ३ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९२.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ।

१२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा ३ अर्ब ९२ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ रहेको छ।


प्रकाशित : शुक्रबार, साउन ३२ २०८१०७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend