आइतबार, असोज १३ गते २०८१    
images
images

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बुद्ध एयरमा ८ प्रतिशत छुट

images
बिहीबार , साउन ३१ २०८१
images
images
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बुद्ध एयरमा ८ प्रतिशत छुट

बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ।

images
images

काठमाडौं- प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ। 

images
images
images

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरका डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्ववलाल कायस्थले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ। 

images

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय १५ शाखा कार्यालयहरु, २ सय ८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।


प्रकाशित : बिहीबार , साउन ३१ २०८११६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend