शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टाटा मोटर्सका डिलरहरुलाई पन्च ईभीको टेस्ट ड्राइभ

बिहीबार , साउन ३१ २०८१
टाटा मोटर्सका डिलरहरुलाई पन्च ईभीको टेस्ट ड्राइभ

पन्च ईभी भारतमा अत्याधिक रुचाइएको गाडी हो। भारतमा टाटा पन्च मासिकरुपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ।

काठमाडौं- नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चितवनको सौराहामा आफ्नो नेपालभरी रहेका डिलरहरुलाई पन्च ईभीको टेस्ट ड्राइभ गराइरहेको छ।

टेस्ट ड्राइभ कार्यक्रममा डिलरसँगै सिप्रदीको प्यासेन्जर भेहिकलको व्यवस्थापन टिम, टाटा मोटर्स भारतको प्रतिनिधिहरू र सर्भिस टिमको सहभागिता रहेको छ।

नाडा अटो शोमा लन्च गर्न लागिएको पन्च ईभी नेपालको बहुप्रतिक्षित गाडी हो। सबै सहभागीहरुबाट पन्च ईभीलाई देखेर उत्साहित प्रतिक्रिया आएको कम्पनीले जनाएको छ।

पन्च ईभी भारतमा अत्याधिक रुचाइएको गाडी हो। भारतमा टाटा पन्च मासिकरुपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ।

पन्च ईभीमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्‍याम्प ओभर एंगल्स लगायतका विशेषताहरु छन्। यसका साथै यस गाडीमा ९०-डिग्रीको कोणमा  खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ।  

साथै माईक्रो एसयूभी पन्च ईभीले क्र्यास टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ। भारत एनक्यापले सम्पन्न गरेको उक्त टेष्टमा पन्च ईभीले एडल्डट र चाइल्ड दुवै अकुपेन्ट प्रोटेक्सनमा ५ स्टार रेटिङ पाएको छ।


प्रकाशित : बिहीबार , साउन ३१ २०८११६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend