बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कीर्तिमान बनाउँदै निरन्तर उचाइतर्फ सेयर बजार, ३००० को बिन्दुमा पुग्दै २९ अर्ब ९५ करोडको कारोबार

बिहीबार , साउन ३१ २०८१
कीर्तिमान बनाउँदै निरन्तर उचाइतर्फ सेयर बजार, ३००० को बिन्दुमा पुग्दै २९ अर्ब ९५ करोडको कारोबार

काठमाडौं- कारोबार रकममा कीर्तिमान बनाउँदै सेयर बजार निरन्तर उचाइतर्फ लागेको छ। साताको अन्तिम कारोबारमा बिहिबार ४३.०५ अंकले बढेर ३०००.८१ को बिन्दुमा पुगेको बजारमा २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको कीर्तिमानी कारोबार भयो।

यो साता समग्रमा बजार २३४.४३ अंकले बढेको छ। यो साता पहिलो कारोबारमा आइतबार ९४.४६ अं‌कले बढेको बजारमा २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँको कीर्तिमानी कारोबार भएको थियो। ७०.८१ अंकले बढेर सोमबार उक्त कीर्तिमान तोडिँदै २७ अर्ब २४ करोड २० लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। सोमबारको कारोबार रकमको कीर्तिमान आज बिहीबार तोडिएको हो। 

लगातारको वृद्धिबीच यो साता मंगलबार ८.१८ अंकले घटेको बजार बुधबार पुन: ३४.२९ अंकले बढेर २९५७.७५ बिन्दुमा पुगेको थियो। लगातारको वृद्धि हेर्दा बजारले ३१९९ को कीर्तिमानी बिन्दु छिटै पार गर्ने देखिन्छ। 

बजार कीर्तिमानी उचाइतर्फ नै बढिरहेको विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले निरन्तर नै उचाइ लिएकाले अब नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 

१८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले निरन्तर बजार उचाइतर्फ लागेको हो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। कारोबार रकममा लगातार देखिएको कीर्तिमानले पनि बजारले नयाँ उचाइ भेट्ने देखाइरहेको छ। 

यी हुन् अहिलेसम्मका सर्वाधिक १४ कारोबार

२०८१ साउन ३१ गते - २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ

२०८१ साउन २७ गते - २७ अर्ब २४ करोड २० लाख रुपैयाँ

२०८१ साउन २७ गते - २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँ

२०८१ साउन २२ गते - २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ

२०८१ साउन ३० गते - २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँ

२०८१ साउन १६ गते - २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ

२०८१ साउन २१ गते - २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ

२०८१ साउन १७ गते - २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ

२०७८ साउन ३१ गते - २१ अर्ब ६४ कराेड ७६ लाख रुपैयाँ

२०८१ साउन २९ गते - २१ अर्ब ५१ करोड ५० लाख रूपैयाँ

२०७८ भदौ २ गते - २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ

२०७८ भदौ ३ गते - २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँ

२०८१ साउन २४ गते- २० अर्ब ७ करोड ४ लाख रुपैयाँ

२०८१ साउन १४ गते - १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ


प्रकाशित : बिहीबार , साउन ३१ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend