बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेस विड्रअल सेवा सुरु

बिहीबार , साउन ३१ २०८१
प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेस विड्रअल सेवा सुरु

अब दुवै बैंकका ग्राहकहरुले यस सेवाको सुरूवातपश्चात एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिनाकार्ड नगद झिक्न सक्ने भएको छ।

काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकसँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा सुरु गरेको छ।

यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका एटीएम मेसिन प्रयोग गरी बिनाकार्ड मोबाइल बैंकिङ वा कनेक्ट आईपीएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ। अब दुवै बैंकका ग्राहकहरुले यस सेवाको सुरूवातपश्चात एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिनाकार्ड नगद झिक्न सक्ने भएको छ।

हालका लागि ग्राहकहरुले एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल प्लाटफर्मअन्तर्गत कनेक्ट आईपीएसमा रजिष्टर गरी आफ्नो लिंक गरिएको प्राइम कमर्सियल बैंक वा सांग्रिला डेभलपमेन्ट बैंकको खाताबाट सो सुविधा प्रयोग गर्न सक्नेछन्। 

ग्राहकले कनेक्ट आईपीएस मोबाइल एपमा लग इन गरी कार्डलेस विड्रअल अप्सनमा क्लिक गरी निष्कासन गर्ने बैंक खाता छनौट गर्नुपर्दछ। यसपश्चात कनेक्ट आईपीएसमा रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त भएको ओटीपीलाई सञ्जालमा उपलब्ध बैंकको नजिकैको एटीएममा उक्त ओटीपी प्रयोग गरी नगद झिक्न सकिनेछ।

हाल यो सेवा प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा उपलब्ध रहेको छ भने सो सेवा चरणबद्धरुपमा थप अन्य सदस्य बैंक वित्तीय संस्थाहरुमा पनि विस्तार गरिने योजना रहेको छ। 

अहिले बैंकका ग्राहकहरुले कार्डलेस विड्रअल सेवा आफ्नै बैंकको एटीएमबाट मात्र गर्न सकिने व्यवस्था रहेकोमा यस नयाँ सुविधाजनक सेवाको सुरूवातपश्चात ग्राहकहरुले सजिलै अर्काे बैंकको एटीएमबाट समेत बिनाकार्ड नगद निकाल्न सक्ने व्यवस्था भएको छ। 


प्रकाशित : बिहीबार , साउन ३१ २०८१११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend