शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

बिहीबार , साउन ३१ २०८१
सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको चाँदीको मूल्य बिहीबार भने प्रतितोला पाँच रूपैयाँले बढेको छ।

काठमाडौं- बुधबार तोलामा तीनसय रूपैयाँले घटेको सुनको बिहीबार भने स्थिर रहेको छ।

बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार पाँचसय रूपैयाँ तोकिएको छ जुन बुधबार कारोबार भएको मूल्य हो।

यो साता मंगलबार भने सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५० हजार ८ सय रूपैयाँ पुगेको थियो।

चाँदीको मूल्य भने बुधबारको तुलनामा बिहीबार सामान्य बढेको छ।

बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको चाँदीको मूल्य बिहीबार प्रतितोला पाँच रूपैयाँले बढेको हो।

बिहीबार चाँदी प्रतितोला एक हजार सातसय ४० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , साउन ३१ २०८१११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend