आइतबार, असोज १३ गते २०८१    
images
images

चन्द्रागिरि हिल्सको नाफा शतप्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति?

images
बिहीबार , साउन ३१ २०८१
images
images
चन्द्रागिरि हिल्सको नाफा शतप्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति?
images
images

काठमाडौं- चन्द्रागिरि हिल्स लिमिटेडको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब शतप्रतिशत बढेको छ।

images
images
images

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ९.४९ प्रतिशत बढेको छ भने कुल आम्दानी ८.८० प्रतिशत बढेको छ। कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधिमा २८.०२ प्रतिशत घटेको छ। गत एक वर्षको कम्पनीको कुल खर्च २९.३७ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २६ पैसा बढेर १४ रुपैयाँ ५६ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.३६ गुणा रहेको छ।

images

१ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ७ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।


प्रकाशित : बिहीबार , साउन ३१ २०८११०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend