बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

नेपाल टेलिकमको खुद नाफा १६.६८ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो?

images
बिहीबार , साउन ३१ २०८१
images
नेपाल टेलिकमको खुद नाफा १६.६८ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो?

नेपाल टेलिकमको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

images
images

काठमाडौं- नेपाल टेलिकमको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

images
images
images

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ थियो। आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो।

images
images

समीक्षा अवधिमा कम्पनीको आम्दानी ४.९९ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १६.६८ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६.३२ प्रतिशत घटेको छ।

images
images

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २४ पैसा घटेर ३६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ।


प्रकाशित : बिहीबार , साउन ३१ २०८१०७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend