शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

'एनसेलका सबै मोबाइल नम्बरले देशभित्र र बाहिर रोमिङका बेलामा एसएमएस अलर्ट र ओटीपीहरु पाउँछन्’

बुधबार, साउन ३० २०८१
'एनसेलका सबै मोबाइल नम्बरले देशभित्र र बाहिर रोमिङका बेलामा एसएमएस अलर्ट र ओटीपीहरु पाउँछन्’

सुरुवातमा ९७० रेन्जमा केही प्रारम्भिक समस्याहरू देखिए पनि अहिले ती समस्याहरु समाधान गरिसकिएको उनले बताए।

काठमाडौं- एनसेलका सबै मोबाइल नम्बर/ग्राहकहरुले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरुले पठाएका वान टाइम पासवर्डहरु (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरु आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

'हाम्रा कुनै पनि नम्बर रेन्जमा एप्लिकेशन टू पर्सन (एटूपी) म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या छैन। हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहकहरू सधैँ अन रहेको देखाउँछ,' एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनले भने।

सुरुवातमा ९७० रेन्जमा केही प्रारम्भिक समस्याहरू देखिए पनि अहिले ती समस्याहरु समाधान गरिसकिएको उनले बताए।

एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाइ रहेको भन्दै उनले एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरु यस्ता जानकारी तथा सूचनाहरु प्राप्त गर्न योग्य रहेको स्पष्ट पारे।

साथै एनसेलले अन्य सर्ट-कोड सञ्चालक तथा सेवा प्रदायकहरूलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ। एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजनाअनुरुप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको जनाएको छ।

'केही सर्ट-कोड सञ्चालकहरू वा सेवा प्रदायकहरू हुन सक्छन् जो हाम्रो नयाँ ९७० नम्बर रेन्जका बारेमा अनभिज्ञ छन्, त्यसैले हामी त्यस्ता सेवा प्रदायकहरुलाई पनि आफ्नो सिस्टमलाई अपडेट गरेर हाम्रो यो नयाँ रेन्ज अनुकुल बनाउन अनुरोध गर्दछौँ। सबै एनसेलका नम्बर सिरिजहरू लोकल आगमन कल र अन्तर्राष्ट्रिय कलहरूको लागि पनि पहुँच योग्य छन्,' मोहसिनले भने।

साथै, ९७० नम्बर रेन्जमा ग्राहकले सुरुका ९७०५ बाहेक अन्तिम ६ अंकहरू आफैले सधैँ अन विशेष नम्बरका रुपमा चयन गर्न सकिने सुविधा एनसेलले प्रदान गर्दै आएको छ। एनसेल यो नयाँ नम्बर रेन्जमार्फत ग्राहकहरुलाई थप र विस्तारित सेवा र सुविधाहरु प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।


प्रकाशित : बुधबार, साउन ३० २०८११७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend