बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

यती एयरलाइन्सले हासिल गर्‍यो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ३० २०८१
images
images
यती एयरलाइन्सले हासिल गर्‍यो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड
images
images

काठमाडौं- यती एयरलाइन्सले आईएटीए (इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएसन) को आईएसएसए (आईएटीए स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट) कार्यक्रमको मापदण्ड हासिल गरेको छ। उड्डयनको क्षेत्रमा आईएसएसएको यो प्रमाणपत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एयरलाइन्सलाई मात्र प्रदान गरिने यतीले जनाएको छ।  

images
images

यस विषयमा यती एयरलाइन्सका सीईओ सुभाष सापकोटाले भने, 'आईएसएसए को प्रमाण-पत्र प्राप्त गर्न पाउँदा हामी धेरै नै गौरवान्वित छौँ। हवाई सुरक्षा र परिचालन प्रक्रियाहरुको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धी हो। यस उपलब्धीले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ, साथै यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाई यात्रा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।' 

images
images

'आईएसएसए कार्यक्रमले प्रमाणपत्र प्रदान गर्नुपूर्व एयरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्याङ्कन गर्ने गर्दछ। विभिन्न चरणमा मूल्याङ्कन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेकोले यती एयरलाइन्सलाई आईएसएसए अपरेटर को मान्यता दिइएको हो' सीईओ सापकोटाले जानकारी दिए।  

images
images

यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाई सेवा प्रदान गर्ने यती एयरलाइन्सको नयाँ मिसन रहेको जनाएको छ। व्यापार विस्तारका क्रममा हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रुहरुको सन्तुष्टि कायम गर्न प्रतिबद्ध रहेको यती एयरलाइन्सले जनाएको छ। त्यसैले, पछिल्लो समय एयरलाइन्सले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डहरू पूरा गरी अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रमहरू र सुरक्षा व्यवस्थापन प्रणालीहरूमा व्यापक लगानी गरेको जनाएको छ। 

आईएटीएद्वारा प्रदान गरिएको आईएसएसएको प्रमाणपत्र यती एयरलाइन्सको अन्तराष्ट्रियस्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण भएको यतीले जनाएको छ। 

यती एयरलाइन्स सन् २०१६ देखि नै आईएसएसए अपरेटरको रुपमा दर्ता हुँदै आइरहेको छ।


प्रकाशित : बुधबार, साउन ३० २०८११५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend