बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एकदिनको करेक्सनपछि सेयर बजार पुन: उचाइतर्फ, २३ अर्ब ४३ करोडको कारोबार

बुधबार, साउन ३० २०८१
एकदिनको करेक्सनपछि सेयर बजार पुन: उचाइतर्फ, २३ अर्ब ४३ करोडको कारोबार

काठमाडौं- कारोबार रकममा लगातार कीर्तिमान बनाउँदै उचाइतर्फ लागिरहेको सेयर बजार एकदिनको सामान्य करेक्सनपछि पुन: उचाइतर्फ लागेको छ। 

लगातारको वृद्धिबीच मंगलबार ८.१८ अंकले घटेको बजार बुधबार पुन: उचाइतर्फ लागेको हो। बुधबार ३४.२९ अंकले बढेर बजार २९५७.७५ बिन्दुमा पुगेको छ।

बुधबार १ सय ५६ कम्पनीको सेयर मूल्य बढेको बजारमा २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ। ७९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता पहिलो कारोबारमा आइतबार ९४.४६ अं‌कले बढेको बजारमा २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँको कीर्तिमानी कारोबार भएको थियो। ७०.८१ अंकले बढेर सोमबार उक्त कीर्तिमान तोडिँदै २७ अर्ब २४ करोड २० लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। 

कारोबार रकममा भइरहेको वृद्धि हेर्दा कुनै दिन ओरालो लागे पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ जानुअघिको कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले निरन्तर नै उचाइ लिएकाले अब नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 

१८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले निरन्तर बजार उचाइतर्फ लागेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। कारोबार रकममा लगातार देखिएको कीर्तिमानले पनि बजारले नयाँ उचाइ भेट्ने देखाइरहेको छ। 


प्रकाशित : बुधबार, साउन ३० २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend