बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सानिमा बैंकका ग्राहकलाई रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट

बुधबार, साउन ३० २०८१
सानिमा बैंकका ग्राहकलाई रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १ सय २४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ। 

सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप (क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्गस रिसोर्टका विभिन्न सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ। बैंकका अनुसार छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा समेत हेर्न सकिन्छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १ सय २४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्। 


प्रकाशित : बुधबार, साउन ३० २०८११४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend