बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

अपी पावरको नाफा ४५ करोड ६५ लाख रुपैयाँ, अघिल्लो वर्षको भन्दा ९३२ प्रतिशतले बढ्यो

बुधबार, साउन ३० २०८१
अपी पावरको नाफा ४५ करोड ६५ लाख रुपैयाँ, अघिल्लो वर्षको भन्दा ९३२ प्रतिशतले बढ्यो

काठमाडौं- अपि पावर कम्पनीको नाफा ४५ करोड ६५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। कम्पनीको खुद नाफा ९३२.११ प्रतिशत बढेको हो।

कम्पनीको विद्युत बिक्री आम्दानी १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ३३ करोड ८३ लाख रुपैयाँ मात्र थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २११.६० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९९.२४ प्रतिशत बढेको छ। त्यस्तै कम्पनीको वित्तीय खर्च पनि १३७.३३ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपेयाँ ८२ पैसा बढेर ७ रुपैयाँ ८९ पैसा पुगेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.२१ गुणा रहेको छ।

५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ५६ करोड ३१ लाख रुपैयाँ रहेको छ।


प्रकाशित : बुधबार, साउन ३० २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend