बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कृत्रिम नाफा देखाएर प्रिमियममा सेयर जारी गरेको घोराहीको घाटा १ अर्ब २१ करोड पुग्यो, लगानीकर्ताले लाभांश नपाउने

प्रतिसेयर आम्दानी २६.६८ रूपैयाँले ऋणात्मक

बुधबार, साउन ३० २०८१
कृत्रिम नाफा देखाएर प्रिमियममा सेयर जारी गरेको घोराहीको घाटा १ अर्ब २१ करोड पुग्यो, लगानीकर्ताले लाभांश नपाउने

काठमाडौं-प्रिमियममा सेयर जारी गरेको घोराही सिमेन्ट कम्पनीको खुद घाटा १ अर्ब २१ करोड ८८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा घोराहीको खुद घाटा २८८ प्रतिशतले बढेर १ अर्ब २१ करोड पुगेको हो। 

गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ६३ करोड रुपैयाँ खुद नाफा देखाएको थियो। मूल्यह्रास घटाएर कम्पनीलाई नाफामा देखाएको कम्पनीले गत आर्थिक वर्ष आएर पुन बढाएको छ।

अघिल्लो आर्थिक वर्ष ३३ करोड ७१ लाख रुपैयाँ मूल्यह्रास देखाएको यस कम्पनीले गत आर्थिक वर्ष ४६ करोड ६९ लाख रुपैयाँ देखाएको छ। 

कम्पनीको ब्याज खर्च  ४ करोड २४ लाखबाट बढेर गत आर्थिक वर्ष ७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले गत आर्थिक वर्ष ४ अर्ब ४७ करोड रुपैयाँ विक्री गरेर ३ खर्ब १६ करोड विक्री खर्च भएको आफ्नो वित्तीय विवतरणमा उल्लेख गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीले विक्री आम्दानी कम र विक्री खर्च बढी देखाएको छ।

अघिल्लो आर्थिक वर्ष कम्पनीको विक्री आम्दानी ४ अर्ब ६३ करोड र विक्री खर्च ३ अर्ब ६३ करोड मात्रै रहेको थियो।

गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीसँग विक्री मौज्दात १ अर्ब ९७ करोड रुपैयाँ र बजारबाट उठ्न बाँकी रहेको रकम १ अर्ब ६८ करोड रुपैयाँ रहेको देखाएको छ। 

गत आर्थिक वर्ष कम्पनी उच्च घाटामा गएसँगै कम्पनीको सञ्चित नाफा घटेको छ। अघिल्लो आर्थिक वर्ष ४ अर्ब रहेको कम्पनीको नाफा यस आर्थिक वर्ष घटेर २ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रति सेयर आम्दानी २६.६८ रुपैयाँले ऋणात्मक रहेको छ।गत आर्थिक वर्ष कम्पनी घाटामा रहेकाले लगानीकर्तालाई लाभांश वितरण गर्ने अवस्था देखिँदैन।

यद्यपी कम्पनीले सञ्चित नाफाबाट खर्च गरेर लगानीकर्तालाई लाभांश घोषणा गर्ने सुविधा भने रहेको कम्पनीको वित्तीय विवरणले देखाउँछ।


प्रकाशित : बुधबार, साउन ३० २०८१०८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend