शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पोखरामा बीवाईडीको तीनदिने एक्सचेन्ज क्याम्प

मंगलबार, साउन २९ २०८१
पोखरामा बीवाईडीको तीनदिने एक्सचेन्ज क्याम्प

एक्सचेन्ज क्याम्पमा बिवाईडी एटो थ्री र डल्फिन खरिद गर्ने ग्राहकले ८.५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्स पाउनेछन्।

काठमाडौं- चिनियाँ विद्युतीय अटो ब्रान्ड बीवाईडीले ‘एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्ने भएको छ।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकको गण्डकी प्रदेश तथा पोखरा क्षेत्रका लागि आधिकारिक वितरक पल्गइन अटो मोबाइल्समार्फत एक्सचेन्ज क्याम्प सञ्चालन गर्न लागेको हो।

पल्गइन अटो मोबाइल्सले साउन ३० देखि ३२ सम्म तीनदिने एक्सचेन्ज क्याम्प सञ्चालन गर्नेछ।

एक्सचेन्ज क्याम्पमा बीवाईडी एटो थ्री र डल्फिन खरिद गर्ने ग्राहकले ८.५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्स पाउनेछन्।

यस्तै, १ वर्षको निःशुल्क बीमा, पुरानो गाडी एक्सचेन्ज सुविधा, ७ किलोवाटसम्मको नि:शुल्क चार्जर र भेइकल टू लोड पनि निःशुल्क उपलब्ध हुने पल्गइन अटो मोबाइल्सका म्यानेजर कमल बरालले बताए।


प्रकाशित : मंगलबार, साउन २९ २०८११७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend