बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लगातार बढेको सेयर बजारमा सामान्य करेक्सन, कारोबार भने २१ अर्ब ५१ करोड रूपैयाँ

मंगलबार, साउन २९ २०८१
लगातार बढेको सेयर बजारमा सामान्य करेक्सन, कारोबार भने २१ अर्ब ५१ करोड रूपैयाँ

कारोबार २१ अर्ब ५१ करोड ५० लाख रूपैयाँको भएको छ। बजार घटे पनि बैंकिङ समूह भने बढेको छ।

काठमाडौं- लगातार बढेको सेयर बजारमा मंगलबार सामान्य करेक्सन आएको छ। खरिदकर्ता र बिक्रीकर्ताबीच बराबरी चाप हुँदा मंगलबार दिनभरी उतारचढाव आएको बजार ८.१८ अंकले घटेर २९२३.४६ बिन्दु कायम भएको छ।

कारोबार २१ अर्ब ५१ करोड ५० लाख रूपैयाँको भएको छ। बजार घटे पनि बैंकिङ समूह भने बढेको छ।

मंगलबार ८० कम्पनीको सेयर मूल्य बढ्दा अधिकांश बैंकिङ समूहमा हरियाली देखिएको छ। मंगलबार १५७ कम्पनीको सेयर मूल्य भने घटेको छ। 

सोमबार ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको बजारमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। यो साता पहिलो कारोबारमा आइतबार ९४.४६ अं‌कले बढेर २८६०.८४ बिन्दुमा पुगेको बजारमा २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँको कीर्तिमानी कारोबार भएको थियो। सोमबार उक्त कीर्तिमान तोडिएको थियो।

कारोबार रकममा भइरहेको वृद्धि हेर्दा कुनै दिन ओरालो लागे पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ जानुअघिको कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले निरन्तर नै उचाइ लिएकाले अब नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 

१८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले निरन्तर बजार उचाइतर्फ लागेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। कारोबार रकममा लगातार देखिएको कीर्तिमानले पनि बजारले नयाँ उचाइ भेट्ने देखाइरहेको छ। 


प्रकाशित : मंगलबार, साउन २९ २०८११५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend