शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

'एएफसी च्यालेन्ज लिग प्ले अफ' एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने

मंगलबार, साउन २९ २०८१
'एएफसी च्यालेन्ज लिग प्ले अफ' एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने

सहिद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच प्ले अफ दशरथ रंगशालामा २९ साउन मंगलबार साँझ ६ बजे सुरु हुनेछ।

काठमाडौं- एएफसी च्यालेन्ज लिग छनोटको प्ले अफको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

सहिद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच प्ले अफ दशरथ रंगशालामा २९ साउन मंगलबार साँझ ६ बजे सुरु हुनेछ।

यो खेलका लागि चर्च ब्वाइज युनाइटेड टोलीले राष्ट्रिय टोलीका लकेन लिम्बु, सनिश श्रेष्ठ, आयुष घलानसहित केही विदेशी खेलाडीहरुलाई अनुबन्ध गरेको छ।

पारो एफसीले जापानका पूर्व स्टार होन्डालाई टिममा भित्राएको छ। होन्डाले ३ पटक विश्व कप खेलिसकेका छन्, उनी एसियाकै स्टार खेलाडी हुन्। होन्डा मात्र होइन यो पटक पारोले कुल ११ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ।

प्रकाशित : मंगलबार, साउन २९ २०८११४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend