शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाकै १ लाख ५० हजार ८ सय

मंगलबार, साउन २९ २०८१
सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाकै १ लाख ५० हजार ८ सय

चाँदीको मूल्यभने स्थिर छ। आज मंगलबार चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज मंगलबारको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। सोमबार प्रतितोला छापावाल सुन १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

यसअघि यही साउन २१ गते सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५० हजार रूपैयाँ पुगेको थियो। उक्त मूल्यलाई मंगलबारको बजारले उछिनेको हो। 

चाँदीको मूल्यभने स्थिर छ। आज मंगलबार चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

नेपाली बजारमा सुनको मूल्यले उच्च बिन्दु छुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यन पनि मुख्य कारण हो। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिइएको छ। २०६६ सालअघि नेपालमा खुलारुपमा सुनको आयात गर्न पाइन्थ्यो। २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनायो। त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न सक्थे।

राष्ट्र बैंकले दैनिक सुन आयातको कोटालाई तलमाथि गर्दै आएको छ। आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ। हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ। 


प्रकाशित : मंगलबार, साउन २९ २०८११२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend