बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

८ अर्ब ७५ करोड आम्दानी गरेको माथिल्लो तामाकोशीको नोक्सानी घट्यो

मंगलबार, साउन २९ २०८१
८ अर्ब ७५ करोड आम्दानी गरेको माथिल्लो तामाकोशीको नोक्सानी घट्यो

काठमाडौं- माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको गतवर्ष नोक्सानी घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ६८ करोड नोक्सानीमा रहेको छ। कम्पनीको आम्दानी बढेको र खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९३ प्रतिशत बढी हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २८.३३ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी २३.१७ प्रतिशत र वित्तीय खर्च ७.६८ प्रतिशत घटेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा रहेको छ। २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष भने ९ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।


प्रकाशित : मंगलबार, साउन २९ २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend