सोमबार, असोज १४ गते २०८१    
images
images

एचआईडीसीएलको नाफा १ अर्ब ४५ करोड रुपैयाँ

images
मंगलबार, साउन २९ २०८१
images
images
एचआईडीसीएलको नाफा १ अर्ब ४५ करोड रुपैयाँ
images
images

काठमाडौं- हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को नाफा बढेको छ।

images
images
images

गतवर्षको वित्तीय विवरणअनुसार कम्पनीले १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि झिनो सुधार भएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३१ पैसा बढेर ६ रुपैयाँ ३५ पैसा पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३.०४ प्रतिशतले घटेर २ अर्ब ८ करोड ५८ लाख रुपैयाँमा कायम भएको छ भने लाभांश आम्दानी १९.३७ प्रतिशतले घटेर १ करोड ७ लाखमा सीमित भएको छ।

images

समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी ३९४.४१ प्रतिशत बढेर ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधिमा १ लाख ९१ हजार रुपैयाँबाट बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.१८ गुणा रहेको छ। कम्पनीको चुक्ता पुँजी २२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब १९ करोड १८ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : मंगलबार, साउन २९ २०८११०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend