बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३०.८१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

मंगलबार, साउन २९ २०८१
नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३०.८१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३०.८१ नाफा बढेको छ। इन्स्योरेन्सले गतवर्ष ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ९.८६ प्रतिशत र कुल आम्दानी १२.३४ प्रतिशत बढेको छ। त्यस्तै इन्स्योरेन्सको कुल दाबी भुक्तानी १२.६५ प्रतिशत बढेको छ भने कुल खर्च ११५८ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९८.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ९ करोड रुपैयाँ रिटेन्ड अर्निङमा ५ अर्ब २८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७६ करोड १५ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : मंगलबार, साउन २९ २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend