शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हुण्डाई टेष्ट ड्राइभ एण्ड विन क्याम्पेन सुरु

सोमबार, साउन २८ २०८१
हुण्डाई टेष्ट ड्राइभ एण्ड विन क्याम्पेन सुरु

काडमाडौं- हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले 'हुन्डाई टेष्ट ड्राइभ एण्ड विन’ क्याम्पेन ल्याएको छ।

जसअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नु हुने कम्पनीले जनाएको छ। 

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ भने साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो क्याम्पेन दुई साता चल्ने कम्पनी ले जानकारी दिएको छ। 

नयाँ हुन्डाई क्रेटा हालै अगस्ट ६ मा सार्वजनिक गरिएको थियो। लक्ष्मी हुन्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न सुरु गरेको थियो।

यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरै को रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको  कम्पनीको दाबी छ।

प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध रहेको र यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी  पाइने कम्पनीको दाबी छ। 

त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशन मार्फत नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट मे १०, २०२४ मा भएको थियो।

यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका  गुणहरु हुन्डाई मोटर कम्पनी , कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरहकै हुने कम्पनीले दाबी गरेको छ। मेड इन नेपाल हुन्डाई भेन्यु  मूल्य ४४ लाख ९६ हजार र र ५३ लाख ५६ कायम गरिएको कम्पनीले जनाएको छ। 

मेड इन नेपाल हुन्डाई भेन्यु मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइने  कम्पनीको दाबी छ। 

श्रावन २८ गते बाट सुरु हुने यस क्याम्पेनमा नेपालभरका इच्छुक महानुभावले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर  आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

यो क्याम्पेनको विजेताको घोषणा साप्तहिकरुपमा लक्की ड्र मार्फत छनोट गरिने र कम्पनी को फेसबुक पेज मार्फत जानकारी गराइने कम्पनीले जनाएको छ।   


प्रकाशित : सोमबार, साउन २८ २०८११८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend